कारोबार


एनसेलले ल्यायो बिज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुट पाइने

एनसेलले ल्यायो बिज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुट पाइने

नेपालखबर
साउन १४, २०८२ बुधबार १३:२९, काठमाडौँ

एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैँ अन’मा मनसुन बिजनेस अफर ल्याएको छ।

यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरु उपयोग गर्न सकिनेलगायतका सुविधाहरु रहेको एनसेलले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो। यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ। यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित छ।

बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन्। त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ।

यो मनसुन अफरमा ग्राहकहरुले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन्। यसमा कर्पोरेट ग्राहकहरुले आफ्ना तीन वटा मोबाइल नम्बरहरुमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ। यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ।

“उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरुका साथ कम खर्चमा ग्राहकहरुलाई वर्षभरी निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौ । साना, ठूला सबै व्यावसायहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरुको व्यवसाय बढाउन हाम्रा सेवाहरुले योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।

यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरुले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन् ।

बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरुले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । ग्राहकहरुले बिज सधैं अन प्लानहरुमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad