कारोबार


भक्तपुर इन्टरनेसनल हस्पिटलमा एनआईसी एसियाका ग्राहकलाई छुट

भक्तपुर इन्टरनेसनल हस्पिटलमा एनआईसी एसियाका ग्राहकलाई छुट

नेपालखबर
साउन ६, २०८२ मंगलबार १५:४९, काठमाडौँ

एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

ग्राहकहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको हो। 

यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad