कारोबार


डिसहोमको ‘खुशीको बोनस’– हरेक हप्ता १४ जना भाग्यशाली विजेतालाई वर्षभरी सित्तैमा इन्टरनेट

डिसहोमको ‘खुशीको बोनस’– हरेक हप्ता १४ जना भाग्यशाली विजेतालाई वर्षभरी सित्तैमा इन्टरनेट

नेपालखबर
साउन ६, २०८२ मंगलबार १५:५९, काठमाडौँ

डिसहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस–३६५ दिन नै बोनस!’ सार्वजनिक गरेको छ।

यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने कम्पनीले जनाएको छ।

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन्।

डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न ल्याएको जनाएको छ।

विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडि च्यानलमा गरिनेछ। शुक्रबार नभएमा आइतवार साँझ ५ बजे गरिनेछ।

जडान वा रिचार्ज गर्ने तरिकाः
नयाँ जडानका लागि– नजिकको डिशहोम डिलर वा ०१(५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ। 
रिचार्जका लागि– खल्ती, ईसेवा वा माईडिशहोम एप प्रयोग गर्न सकिनेछ।

कम्पनीका अनुसार उपलब्ध वार्षिक प्याकेजहरू यस्ता छन्ः
१०० एमबीपीएस– प्रति वर्ष रु ८ हजार पाँच सय (भ्याट सहित)
२०० एमबीपीएस– प्रति वर्ष रु ११ हजार पाँच सय (भ्याट सहित)
३०० एमबीपीएस– प्रति वर्ष रु १३ हजार ५५० (भ्याट सहित)
नयाँ जडानको लागिगी थप रु ११३० (भ्याट सहित) लाग्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad