कारोबार


जापानका नेपालीको भरपर्दो साथी बन्दै नबिल रेमिट

एक क्लिकमै रेमिट्यान्स सेवा, अरु के–के सुविधा?
जापानका नेपालीको भरपर्दो साथी बन्दै नबिल रेमिट

नेपालखबर
असार २५, २०८२ बुधबार १७:२४, काठमाडौँ

२४ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा दिँदै आएको नबिल बैंक नेपालमा मात्र होइन, विदेशमा बस्ने नेपालीको पनि साथी बनेको छ। 

नेपालमा २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा दिइरहेको बैंकले समय र प्रविधिलाई आत्मसात् गर्दै संसारभरका नेपालीलाई सेवा प्रदान गरिरहेको छ। 

यही सिलसिलामा नबिल बैंकबाट सञ्चालित नबिल रेमिटले अस्ट्रेलिया, भारत, कतार, यूएईलगायत २ सय बढी देशहरूमा रहेका विभिन्न संस्थाहरूसँग सहकार्य गरी ती देशमा रहेका नेपालीलाई सहजै रेमिट्यान्स पठाउन सक्ने व्यवस्था मिलाएको बताउँछिन् नबिल बैंककी रेमिट्यान्स विभाग प्रमुख मनिषा श्रेष्ठ। 

उनका अनुसार ती देशहरूमा रहेका नेपालीले नबिल बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको ‘एनरेमिट’मा एक क्लिक गरेको भरमै नेपालमा रेमिट्यान्स पठाउन सक्छन्। यसका लागि नबिल रेमिटले अन्य अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरेको छ।

श्रेष्ठले नेपालीहरूको अत्यधिक बसोबास रहेको जापानमा बैंकले विशेष सुविधासहितको रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको जानकारी दिइन्।

जापानमा ख्याति कमाएको एसबीआई रेमिटसँग सहकार्य
त्यसो त नबिल बैंकले अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको एसबीआई रेमिटसँग समेत सहकार्य गर्दै आएको छ। सो रेमिटकै अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी एसबीआई रेमिट्यान्ससँगको बैंकले सहकार्य गरेको छ। 

एसबीआई रेमिट्यान्स अन्तर्राष्ट्रियस्तरको तथा जापानमै लोकप्रिय कम्पनी हो। जापानकै टोक्यो स्टक एक्सचेन्जमा सूचीकृत यो कम्पनीले जापानमै वार्षिक २० खर्बको कारोबार गर्दै आएको छ। 

नबिल रेमिटले एसबीआई रेमिटसँगको सहकार्यमा एक क्लिकमै आफूले चाहेको व्यक्ति वा परिवारलाई नेपालमा पैसा पठाउन सक्ने सुविधा दिँदै आएको छ। एसबीआई रेमिटले पहिले एसबीआई कार्डमार्फत रेमिट सेवा उपलब्ध गराउँदै आए पनि अहिले रेमिट एपमार्फत सेवा प्रदान गरिरहेको छ।

बैंकले रेमिट कार्डमार्फत रकम पठाउने सुविधालाई विस्थापित गर्दै मोबाइल एप तथा वेब प्रयोग गरेरै आफ्नो घरबाटै जुनसुकै समयमा जापानबाट नेपालमा रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको हो। 

२ लाख ३३ हजारभन्दा धेरै नेपालीहरू भएको स्थानमा भाषिक समस्याकै कारण जापानमा बैंक खाता खोल्नदेखि नेपालमा पैसा पठाउनसमेत समस्या खेप्दै आएका थिए। यसले हुन्डीजस्ता अवैधानिक माध्यमबाट पैसा नेपाल पठाउने क्रम बढ्न थालेपछि बैंकले नेपालमा रहेका कुनै पनि बैंक/वालेट खातामा रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गरेको छ। यसरी पठाएको पैसा नेपालमा रहेका नबिल रेमिटका २५ हजार बढी एजेन्ट लोकेसनबाट ग्राहकको परिवारले पाउन सक्छन्। 

यो सेवा तत्कालै सुरक्षित रुपमा चौबीसै घण्टा, सातै दिन उपलब्ध रहेको छ। 

एसबीआई रेमिटसँगको सहकार्यले रेमिट्यान्स पठाउन मात्रै सजिलो नभएर जापान बस्ने व्यक्तिहरूले जापानमै पनि नियो बैंकमा खाता खोल्न सक्ने सुविधा दिँदै आएको श्रेष्ठ बताउँछिन्। 

‘भाषिक समस्या तथा अन्य प्रक्रियागत झन्झटले गर्दा पनि कतिपय नेपालीहरू जापानबाट जोखिम मोलेरै अवैधानिक माध्यमबाट पैसा पठाउने गरेका थिए’, उनी भन्छिन्, ‘हामीले यी समस्यालाई हटाउँदै मोबाइलबाटै एक क्लिकमा रेमट्यान्स बैंकिङ च्यानलबाटै पठाउन सक्ने सुविधा ल्याएका हौँ।’

‘यसले नेपालको मात्रै नभएर जापनामा गरिने वित्तीय कारोबारलाई समेत सहज बनाएको छ’, श्रेष्ठले भनिन्।

नबिल रेमिटबाट जापानमा बस्ने नेपालीले यस्ता सुविधा पाउँछन् 
श्रेष्ठका अनुसार नबिल रेमिटले जापानमा बस्ने नेपालीलाई सहज होस् भनेर एसबीआई रेमिटसँग सहकार्य गरेको हो। 

एसबीआई रेमिटका प्रयोगकर्ता नेपालीहरूले नियो बैंकमा खाता खोलेर आफूले काम गर्ने कम्पनीबाट सोही खातामा तलब बुझ्न र खर्च गर्न समेत सक्छन्। 

नबिल बैंकको मोबाइल बैंकिङ एप (एनबैंक)मा आबद्ध भई एपबाटै ग्राहकले अन्य सुविधाहरु समेत सहजै उपभोग गर्न पाउँछन्। 

यसअनुसार कम्पनीले नेपालीहरुका लागि जापानमा मोबाइल बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। योसँगै नेपालीहरुले जापानबाट नै फन्ड ट्रान्सफर र सरकारी सेवाको पेमेन्ट गर्न पाउँछन्। 

नेपालको खरिद बिक्रीमा समेत रकम भुक्तानी गर्नसक्ने सेवा त छँदै छ, जापानमै बसेर नेपालमा रहेका सन्तानको स्कुल फि (विद्यालय शुल्क)समेत तिर्न सक्छन् भने बीमाको प्रिमियमबापतको भुक्तानी जापानबाटै सहजै गर्न सकिन्छ। 

यति मात्र नभई लामो समयदेखि कारोबार नगरेर ब्लक भएको एकाउन्ट पुनः सुरु गर्नेदेखि केवाईसी समेत जापानमै बसी अपडेट गर्न सकिने सुविधा दिइएको छ। 

बैंकले सेयर बजारमा चासो राख्ने र सेयर खरिदबिक्री गर्नेहरूका लागि जापानमै बसेर डिम्याट तथा मेरो सेयरको खातासमेत खोल्न सकिने व्यवस्था गरेर त्यहाँ रहेका नेपालीलाई सहज बनाइदिएको छ।

विदेशमा बसेर एपबाटै नेपालमा ऋण लिन पाइने 
विदेशमा बसेर पनि नबिल बैंकका ग्राहकले यसको मोबाइल बैंकिङ एप (एनबैंक)मा फोन लोन, गोल्ड लोन, सेयर कर्जा, घर कर्जा समेत पाउन सक्छन्। यसका लागि उनीहरुले नियमित रुपमा नबिल रेमिटबाट रेमिट्यान्स पठाउनुपर्ने बैंकले जनाएको छ।

कम्पनीले नबिल इन्भेस्टमेन्ट सेवासमेत जापानबाट लिन पाउने व्यवस्था मिलाएको छ। बैंकले सेवा सुरु गरेको यो सुविधाअनुसार ग्राहकले लोन व्यवस्थापनको कामसमेत जापानमै बसेर गर्न सक्छन्। त्यस्तै घर तथा जग्गा खरिदका लागि समेत जापानमै बसीबसी लोन लिन सक्छन्। 
विभिन्न आकर्षक सुविधासँगै नबिल रेमिटको चुस्त सेवाका कारण पनि यसको लोकप्रियता निरन्तर बढ्दो छ। 

विश्वसनीय तथा छिटो, छरितो र प्रतिस्पर्धी दरमा सेवा लिन सकिन्छ। त्यस्तै पहिलो पटक सेवा प्रयोग गर्नेहरूलाई एसबीआई रेमिटले रजिस्ट्रार गर्दा नै ५ सय रिवार्ड प्वाइन्ट उपलब्ध गराइरहेको छ। पहिलो पटकको रेमिट्यान्स समेत उनीहरुका लागि निःशुल्क पठाउन सक्ने सुविधा दिएको छ। 

जापान गएका विद्यार्थीको साथी 
नबिल रेमिट भर्खर भर्खर जापान पुगेका नेपाली विद्यार्थी र श्रमिकको भरपर्दो साथी बनेको श्रेष्ठ बताउँछिन्। 

उनका अनुसार भर्खरै जापान गएका विद्यार्थी तथा श्रमिकहरूलाई सुरुवाती चरणमा सहयोग होस् भनेर एसबीआई रेमिटले छुट र रिवार्डको सुविधा दिएको छ। उक्त सुविधासहितको रेमिट्यान्स सेवा सेवाग्राहीले चौबीसै घण्टा ७ दिन नै आफूले चाहेको समयमा प्रयोग गर्न सकिन्छ।

त्यसो त नबिल रेमिट जापानका लागि मात्रै भने होइन। यसले २ सयभन्दा बढी देशका नेपालीहरूलाई समेटिरहेको छ। 

नबिल रेमिटले जापानको एसबीआई रेमिटजस्तै विभिन्न अन्तर्राष्ट्रिय एक दर्जन संस्थाहरूसँग सहकार्य गरी विदेशका नेपालीलाई सुविधा दिएको छ। र, त्यो सुविधा सुरक्षित र सजिलोसँग नेपालीहरुले उपभोग गर्न सक्छन्।

जापानमा नबिल बैंकले सहकार्य गरेको एसबीआई रेमिट एसबीआई होल्डिंग्स ग्रुप अन्तर्गतको कम्पनी हो। यो ग्रुप टोक्यो स्टक एक्सचेन्जमा सूचीकृत छ भने सन् २०२४ सेप्टेम्बर ३० सम्मको तथ्यांकअनुसार यसमा १८ हजार ५८६ कर्मचारी कार्यरत छन्। 

त्यसैगरी नबिल बैंकले नेपालमा डिजिटल रुपमा नै विविध सेवा ग्राहकलाई दिँदै आएको छ।

यसको एनबैंक एपबाटै कार्ड, स्टेटमेन्ट, डिजिटल सेवाहरु, भुक्तानी, वालेटमा पैसा लोड गर्ने, मोबाइलमा ब्यालेन्स राख्ने, कार्डविनै पैसा झिक्न सकिने, पैसा पाउन र पठाउन सकिने, फिक्स्ड डिपोजिट गर्न सकिने, भर्चुअल डलर आईकार्ड लिन सकिने, विभिन्न सेवाहरुको अपोइन्टमेन्ट लिन सकिने सुविधाहरु दिँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad