राजनीति


गृहमन्त्रीले सोवितालाई सोधे- प्रधानमन्त्रीसँग स्पेन गएका को फर्किएनन्?

गृहमन्त्रीले सोवितालाई सोधे- प्रधानमन्त्रीसँग स्पेन गएका को फर्किएनन्?

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८२ बुधबार १४:३०, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका को को फर्किएका छैनन्, त्यसबारे सरकारलाई जानकारी दिन आग्रह गरेका छन्। 

बुधबार प्रतिनिधिसभामा संसद्‍मा उठेका विषयमा जवाफ दिँदै उनले प्रधानमन्त्रीको भ्रमण टोलीमा जाने सदस्यबारे मन्त्रिपरिषद्काे निर्णय हुने बताए।

‘प्रधानमन्त्री स्पेनको भ्रमणमा जानुभयो, उहाँसँग गएका मान्छे उतै गए भन्ने पनि कुरा उठेको छ,’ लेखकले भने, ‘हामीले कुनै पनि कुराको न्यूनतम जानकारी राख्नुपर्छ र सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित भएर राख्दा राम्रो हुन्छ।’

उनले थपे, ‘प्रधानमन्त्रीको औपचारिकरुपले विदेश भ्रमण हुँदा उहाँको प्रतिनिधिमण्डलामा जाने सदस्यको मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै जाने हुन्छ। म माननीयलाई आग्रह गर्न चाहान्छु, को-को जानु भएको थियो, को फर्किनुभएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो।’ 

मंगलबार संसद्‍मा यसबारे कुरा उठाएकी रास्वपा सांसद सोविता गौतमले भने आजको बैठकमा आफूले प्रधानमन्त्रीसँग सँगै गएका नफर्किएको नभनेको तर त्यही कार्यक्रममा गएका धेरै नेपाली नफर्किएको दाबी गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad