एससीटी–यूपीआई कार्ड बोक्ने ग्राहकले मौलाकाली केबलकारमा १० प्रतिशत छुट पाउने भएका छन्।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले जारी गर्दै आएको एससीटी–यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केबलकारमा १० प्रतिशत छुट हुने भएको हो।
समुन्द्री तहबाट १८४१ फिटमाथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केबलकारले यस अफर ल्याएको हो। अफरअन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी–यूपीआई कार्डबाट पस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ।
27
Shares

प्रतिक्रिया