राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरोध हुँदा सरकारले आफ्ना कामहरू अघि बढाउने कुरा स्वभाविक भएको बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। संसदमा यस्ता खेलहरू भइरहने र यस्तो कुरा आफूलाई नयाँ र नौलो नलागेको जिकिर गरे। यस भन्दा पहिला पनि संसदमा यस्ता खेल भइरहने गरेको उनले बताए।
देशमा भ्रष्टाचार व्याप्त भइरहेको बताउँदै कुनैपनि सरकारले नियन्त्रण गर्न नसकेको केसीले बताए।
उनले भने, ‘संसदमा यस्ता खेल भइरहन्छन्। मलाई नयाँ नौलो लाग्दैन। यस भन्दा पहिला पनि संसदमा यस्ता खेल त भइरहन्थे त। विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने। यसलाई मैले अस्वभाविक रुपले लिन्न।’
भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल रहेको दाबी गरे।
उनले थपे, ‘देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल नै छ। एउटा मात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन। विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन।’
Shares

प्रतिक्रिया