कारोबार


२४ जिल्लामा इमामी लिमिटेडको ७० दिने ‘नवरत्न बिट मसाज’ अभियान

२४ जिल्लामा इमामी लिमिटेडको ७० दिने ‘नवरत्न बिट मसाज’ अभियान

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १२:५०, काठमाडौँ

७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ।

भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउन नेपालभरि ‘नवरत्न बिट मसाज २०२५’ को शुभारम्भ गरेको छ। 

अभियान जेठ ११ बाट साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ। 

यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू समेट्नेछ। अभियानअन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ। 

यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ।

अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन्। उनीहरूले अन्तर्क्रियात्मक स्टलहरू, सवारीसाधनको ब्रान्डिङ, सार्वजनिक घोषणा र २–मिनेट च्यालेन्ज, कुल कुल पर्फमेन्सजस्ता विभिन्न खेलहरूमार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्।

यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६० हजारभन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ। यसमा १२ हजारभन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३० हजारभन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन्।

नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले भने, ‘नवरत्न बिट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौँ।’ 

यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउने र उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad