कला


‘ऊनको स्वीटर’बन्यो यो वर्षको पहिलो सुपरहिट फिल्म

‘ऊनको स्वीटर’बन्यो यो वर्षको पहिलो सुपरहिट फिल्म

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १२:५२, काठमाडौँ

नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ यो वर्षको पहिलो सुपरहिट फिल्म बनेको छ। 

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको यस फिल्मले राम्रो व्यापार गर्दै २०८२ को पहिलो सुपरहिट फिल्म घोषित भएको हो।

गत वर्ष फागुन २९ गते रिलिज भएको ‘अञ्जिला’पछि कुनै पनि नेपाली फिल्महरुले राम्रो कमाइ गर्न सकिरहेका थिएनन्। 

 ‘ऊनको स्वीटर’ मा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। जसको आधारमा देशकै ठूलो मल्टिप्लेकस चेन क्युएफएक्सले यस फिल्मलाई सुपरहिटको मान्यता दिएको छ। 

गत वैशाख २६ गतेबाट रिलिज यो फिल्म तेस्रो सातामा प्रदर्शनरत छ। दुई सातामा ८ करोड १० लाख कमाइ गरिसकेको फिल्मको तेस्रो सातामा पनि अकुपेन्ची राम्रो छ।
 
यस फिल्ममा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारको अभिनय छ।

म्युजिकल फिल्ममार्फत मन जित्दै आएको आर्टमाण्डुको यो पहिलो फिचर फिल्म हो। साथै यसै फिल्मबाट चौहानले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad