कारोबार


भ्याटमा दर्ता भएका झण्डै ५० हजार कम्पनीले तिर्न छोडे कर, कुन कुन? (सूचीसहित)

भ्याटमा दर्ता भएका झण्डै ५० हजार कम्पनीले तिर्न छोडे कर, कुन कुन? (सूचीसहित)

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १७:४२, काठमाडौँ

मूल्यअभिवृद्धि कर (भ्याट)मा दर्ता भएका ४८ हजार १९७ कम्पनीले आफ्नो कारोबारको विवरण बुझाउन छाडेका छन्।

यी कम्पनीहरूले ६ देखि १०२ महिनासम्म भ्याटको विवरण नबुझाएको आन्तरिक राजस्व विभागले जानकारी दिएको हो। 

२०८१ को पुस मसान्तसम्म भ्याटमा ३ लाख ३८ हजार ३६१ कम्पनी दर्ता छन्। तीमध्ये ४८ हजार बढी कम्पनीले भ्याट रकम तिर्न छाडेका हुन्।

धेरै कम्पनीले भ्याटको विवरण दाखिला गर्न छाडेपछि विभागले सूचना नै जारी गरेको छ। 

विभागले १५ दिनभित्र आफ्नो विवरण अपडेट नगरे कारबाही गर्ने चेतावनी दिएको छ। विभागले लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र दर्ता समेत निलम्बन गर्न सकिने उल्लेख गरेको छ। 

‘भ्याटमा दर्ता भए पनि नियमित रुपमा आफ्नो विवरण नभर्ने कम्पनीको सूचना जारी गरेका हौँ’, विभागका निर्देशक वासुदेव पौडेलले भने, ‘समयमै आफ्नो विवरण नभरे जरिवाना तिर्नुपर्न तथा कारबाहीमा पर्न सक्छन्।’

भ्याटमा दर्ता भई कारोबार गरिरहेका कतिपय करदाताले ६ महिना वा सोभन्दा बढी अवधिसम्म कर विवरण पेस नगरी कारोबार गरिरहेका छन्। विभागले १५ दिनभित्र आफ्नो विवरण पेस गरी आफ्नो व्यवसाय नियमित गर्न आग्रह गरेको छ।

सबैभन्दा बढी निर्माण व्यवसायी छन्। ठूला कम्पनीहरूमा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, बुढाथोकी सप्लायर्स, अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरू डेल्टा एयर, इमिरेट्स, रोयल डच एयरलाइन्सले भ्याटको विवरण बुझाएका छैनन्।

‘मूल्यअभिवृद्धि कर नतिर्नेमा सबै किसिमका कम्पनीहरू छन्’, निर्देशक पौडेलले भने, ‘हामीले वर्गीकरण गरी हेरेका छैनौँ। सबैलाई १५ दिनभित्र आफ्नो विवरण बुझाउन आह्वान गरेका छौँ।’

कम्पनीहरूले कारोबार नै नभए पनि विवरण प्रवेश गर्नसक्ने व्यवस्था रहेको बताए।

कारोबार विवरण नबुझाउने कम्पनीहरू


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad