कारोबार


सीजीको नयाँ वर्ष अफरमा ग्राहकलाई के छ?

सीजीको नयाँ वर्ष अफरमा ग्राहकलाई के छ?

नेपालखबर
चैत २५, २०८१ सोमबार १६:७, काठमाडौँ

सीजीले नयाँ वर्ष अफर ल्याएको छ। 

कम्पनीले ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ योजना सार्वजनिक गरेको हो। 

यही चैत २२ देखि लाभू भएको योजनाअनुसार ग्राहकले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरुको खरिदमा क्यासब्याकदेखि अन्य पक्का उपहारहरु पाउनेछन्। 

कम्पनीका अनुसार ग्राहकले ६१ हजार ८ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन्। त्यसैगरी पक्का उपहारअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५–१०० इन्च) खरिदमा २.१ स्पिकर, सेमिअटोमेटिक र टपलोड वासिङ मेसिन खरिदमा २ किलो एरियल पाउडर, फ्रन्टलोड वासिङ मेसिनको खरिदमा ६ किलोको एरियल पाउडर पाउनेछन्। 

यसबाहेक साइड बाई साइड र मल्टिडोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर ग्राइन्डर, डिशवासर खरिदमा डिशवासर किट र एयर कन्डिसन खरिदमा निःशुल्क इन्स्टलेसन सेवा पाउने कम्पनीले जनाएको छ। 

सीजी डिजिटलका आउटलेट र देशैभरका च्यानल पार्टनरबाट यो योजनामा सहभागी हुन सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad