कारोबार


एनएमबी बैंकले सुरु गर्‍यो हरित बचत खाता

एनएमबी बैंकले सुरु गर्‍यो हरित बचत खाता

नेपालखबर
चैत ५, २०८१ मंगलबार १३:२६, काठमाडौँ

एनएमबि बैंकले ग्रिन सेभिङ डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। 

सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ।

सो खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन्।

एनएमबी बैंकको ग्रिन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तनविरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सकिने बैंकले उल्लेख गरेको छ। 

‘एनएमबी बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खातामार्फत तपाईंले पनि आफ्नो प्रतिबद्धता जनाउनसक्नुहुनेछ’, बैंकले भनेको छ।    

एनएमबी बैंकका हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु रहेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad