कारोबार


बेको एसीको नि:शुल्क सेवा शिविर, नयाँ खरिदमा २० प्रतिशतसम्म छुट

बेको एसीको नि:शुल्क सेवा शिविर, नयाँ खरिदमा २० प्रतिशतसम्म छुट

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:३८, काठमाडौँ

चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ।

यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्ने कम्पनीले जनाएको छ।

सर्भिसिङ मात्र नभएर ग्राहकहरूले शिविरमा आफ्नो पुरानो एसी परिवर्तन गर्न चाहन्छन् भने उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीको भनाइ छ। यसअन्तर्गत ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ बेकोको एसीसँग साट्न सक्नेछन्।

त्यसैगरी शिविरमा नयाँ एसी किन्दा विशेष २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पार्ट्स आवश्यक परेमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस विशेष सेवाको अर्को आकर्षक पक्ष एसी एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो। ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा ३ हजार रुपैयाँ मूल्यबराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले १६६-००-१०२-२११ वा ०१-५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन्। साथै, सीजीएक्सईलेक्सको आधिकारिक वेबसाइटमार्फत पनि स्व-मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad