राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले सरकार गठन भएको २३९ दिनसम्म पनि आशा जगाउने केही काम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले व्यंग्यात्मक शैलीमा सरकारको कामको आलोचना गरेका हुन्।
उनले भने,'हामी जनतालाई मायाँ गर्नुस् भन्छौँ उहाँका कार्यकर्ताले रंगशालामा जनतालाई कुट्छन्, जनतालाई आशा जगाइदिनुस् भन्छौँ उहाँहरू कुलमानलाई लखेट्नुहुन्छ।
त्यस्तै उनले सहकारीपीडितलाई न्याय दिनुपर्यो भन्दा रवि लामिछानेलाई थुनेका छौँ भनेर जवाफ दिने गरेको भन्दै आलोचना गरे।
'हामी सहकारीपीडीतलाई न्यया दिनु भन्छौँ रविलाई थुन्यौँ त भन्नुहुन्छ,' उनले भने, 'हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् भन्छौँ बालेनको कर्मचारी खोस्यौँ त भन्नुहुन्छ।'
144
Shares

प्रतिक्रिया