कारोबार


बझाङको साइपालमा गभर्नरले उद्घाटन गरे एभरेस्ट बैंकको शाखा, ७५३ वटै पालिकामा पुग्यो बैंकिङ पहुँच

बझाङको साइपालमा गभर्नरले उद्घाटन गरे एभरेस्ट बैंकको शाखा, ७५३ वटै पालिकामा पुग्यो बैंकिङ पहुँच

नेपालखबर
माघ २८, २०८१ सोमबार १४:१९, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकिङ सेवा उद्घाटन गरेका छन्।

उनले सोमबार साइपाल गाउँपालिका पुगेरै एभरेष्ट बैंकको शाखा उद्धघाटन गरेका हुन्।

योसँगै अब देशभरका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ। यसअघि ७५२ वटा पालिकामा मात्रै बैंकिङ पहुँच पुगेको थियो भने भौगोलिक कठिनाइका कारण उक्त गाउँपालिकामा कुनै पनि बैंकका शाखा पुग्नसकेका थिएनन्।

सोमबार एभरेष्ट बैंकले सो पालिकाकै पहिलो शाखा उद्घाटन गरेको हो।

बैंकले राष्ट्रबैंकका गभर्नर अधिकारीसहितको टोली लगेर शाखा उद्घाटन गरेको छ। शाखा उद्घाटनका लागि गभर्नरसहित एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल बैद्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि साइपाल पुगेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad