कारोबार


इनड्राइभका चालकले पूरै कमिसन फिर्ता पाउने आईएमई पेको नयाँ योजना

इनड्राइभका चालकले पूरै कमिसन फिर्ता पाउने आईएमई पेको नयाँ योजना

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १२:५३, काठमाडौँ

डिजिटल वालेट आइएमई पेले सर्वप्रिय राइड सेयरिङ एप इन-ड्राइभका चालकहरुको लागि ‘५ मा १००- इन-ड्राइभको पूरै कमिसन फिर्ता’ नामक नयाँ योजना ल्याएको छ। 

यो योजना विशेष रूपमा इन-ड्राइभ चालकहरू र उनीहरुमार्फतका सेवाग्राहीहरुलाई आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूबारे सचेतना जगाउन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। 

मङ्सिर ९ देखि फागुन ९ सम्म ३ महिनाको लागि चल्ने योजनामा आईएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरुले आईएमई पे एपको तोकिएका कारोबार वा भुक्तानीहरु गरेर आफूले इन-ड्राइभलाई तिर्नुपर्ने कमिसन १०० प्रतिशत फिर्ता पाउना सक्नेछन्। 

साथै तोकिएको  कारोबार  वा भुक्तानीहरु गरेबापत सय रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका छ। चालकहरुले योजनाअन्तर्गतको कमिसन प्राप्त गर्न यी ५ वटा कार्य वा भुक्तानी गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ-   

  • नयाँ ग्राहकहरुलाई आफ्नो रेफेरल कोड दिएर आइएमई पे एपमा साइन-इन गराउने (रु. ७५ सम्म बोनस)   
  • यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफरमार्फत आफ्नै आइएमई पे एपमा लिने (रु. १० बोनस, प्रति दिन) 
  • डाटा प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन) 
  • भ्वाइस प्याक आफ्नै आइएमई पे एपबाट किन्ने (रु. १० बोनस, प्रति दिन) 
  • मोबाइल रिचार्ज आफ्नै आइएमई पे एपबाट गर्ने (रु. १० बोनस, प्रति दिन) 
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad