कारोबार


पायोनियर असोसिएट र एससीटीबीच सहकार्यसम्बन्धी सम्झौता

पायोनियर असोसिएट र एससीटीबीच सहकार्यसम्बन्धी सम्झौता

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १८:२, काठमाडौँ

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र वित्तीय संस्थाहरुलाई विभिन्न डिजिटल सेवा प्रदान गर्ने पायोनियर असोसिएट प्रालिबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ। 

‘कोसिस’ सिस्टमको प्रयोग गर्ने सहकारीलगायत अन्य वित्तीय संस्थाहरुमा कार्ड, क्यूआर र अन्तरबैंक भुक्तानीलगायतका सेवाहरु एससीटीको सहकार्यमा हुने सम्झौता भएको हो। 

पायोनियर असोसिएटको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियर असोसिएटका प्रबन्धनिर्देशक पायोनियर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे। 

विगत दुई दशकदेखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका एससीटीले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा र स्मार्ट क्यूआर ब्रान्डमा क्यूआरमार्फत भुक्तानी सेवा दिँदै आएको छ। 

यस सेवाको सुरुवातसँगै कार्ड र क्यूआरमार्फत गरिने भुक्तानी सेवा सहकारी, लघुवित्तलगायतका संस्थाहरुमा विस्तार गर्न अझै सहज हुने दुवै पक्षले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad