सर्वाेत्तम सिमेन्टले यही असोज ५ मा झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो सर्वाेत्तम ईष्ट प्रा.लि.को कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।
कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको छ। उक्त शिविरमा वरिष्ठ फिजिसियन तथा वरिष्ठ गाइनोकोलोजिस्टलगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए।
साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति थिए।
सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो।
Shares
प्रतिक्रिया