ad ad

कारोबार


इसेवाको चाडपर्व अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

इसेवाको चाडपर्व अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने

नेपालखबर
असोज १, २०८१ मंगलबार १३:४२, काठमाडौँ

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दसैँ, तिहार र छठ पर्वलक्षित गरेर इसेवा महा-उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत असोज १ देखि कात्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। 

कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकताअनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।

यसका साथै, रु.१०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन्। मात्र रू.१०० मा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। 

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउनेछ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। 

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरु: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ। यी अफरहरूबारे थप जानकारीहरु इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेछ।

इसेवा बारे इसेवा लि. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि., सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख सहरहरूमा अवस्थित रहेका छन्।

 यस कम्पनीसँग १ करोडभन्दा बढी दर्ता भएका ग्राहकहरु, साढे २ लाख बढी एजेन्ट्स, ४९ बैंकहरु, ४५ लघुवित्तहरु, २२०० भन्दा बढी इसेवा क्यास प्वाइन्ट्स तथा ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .