ad ad

कारोबार


फोनपेको नयाँ अभियान : १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक

फोनपेको नयाँ अभियान : १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक

नेपालखबर
भदौ १०, २०८१ सोमबार १२:२९, काठमाडौँ

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान फोन ट्याग स्कुप एन्ड सेभको घोषणा गरेको छ।

यो अभियान आइतबारदेखि सुरू भएको हो। यसले कन्ट्याक्टलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउन लक्ष्य राखेको छ।

फोन ट्यागमार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक, २ सय रुपैयाँसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ। 

यसका लागि ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। 

कम्पनीका अनुसार यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ, जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ।

यो प्रस्ताव नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ, जसमा बूढानीलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मॉल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मॉल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, बिरगञ्ज, विराटनगर, हेटौडा, र भाइसेपाटी समावेश छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .