आईएमई ग्रुपले सञ्चालन गरेको आईएमई इन्टरनेसनल मनि एक्स्प्रेस र जीएमई रेमिट्यान्स मर्ज भएका छन्।
बुधबार दुवै कम्पनीले आईएमई रेमिट लिमिटेडमार्फत संयुक्त कारोबार गरेका हुन्।
आईएमई रेमिटका अध्यक्ष चन्द्र ढकालले आजबाट संयुक्त कारोबारमा आएको बताए।
उनले आईएमई रेमिट्सले नेपालको रेमिट्यान्स क्षेत्रलाई औपचारिक माध्यममा ल्याउन नेतृत्वदायी भूमिका खेलिरहेको बताए।
एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा उनले भने, ‘हामीले व्यवसाय सुरु गर्दा २० प्रतिशत रेमिट्यान्स मात्रै औपचारिक माध्यमबाट भित्रिन्थ्यो। अहिले झण्डै ८० प्रतिशत रेमिट्यान्स औपचारिक माध्यमबाट भित्रिनथालेको छ।’
यसो हुनुमा आईएमईले मुख्य भूमिका खेलेको उनको भनाइ छ।
सन् २००१ मा सानो मनी एक्सचेन्ज काउन्टरको रुपमा सुरु गरेको आईएमई अहिले ठूलो रेमिट्यान्स कम्पनी बनिसकेको छ।
ढकालका अनुसार कम्पनीले लगभग ५० प्रतिशत रेमिट्यान्स बजार हिस्सा ओगटेको छ।
आईएमई रेमिट्यान्समा ढकाल अध्यक्ष छन् भने उनका भाइ हेमराज ढकाल सहसंस्थापक छन्।
जीएमई रेमिट्यान्समा भने अध्यक्षमा अर्जुन पौडेल छन्।
Shares

प्रतिक्रिया