ad ad

कारोबार


माइडियाको वासर ड्रायर बजारमा, कति वर्षको वारेन्टी?

माइडियाको वासर ड्रायर बजारमा, कति वर्षको वारेन्टी?

नेपालखबर
असार २७, २०८१ बिहिबार १४:७, काठमाडौँ

अप्लाइन्स प्रोडुसर माइडियाले घरायसी कामलाई सरल र सजिलो बनाउने अत्याधुनिक फ्रन्ट लोड वासर ड्रायर नेपालमा ल्याएको छ।

माइडिया फ्रन्ट लोड वासर ड्रायरमा ८ किलोग्रामको वासिङ क्षमता र ६ किलोग्रामको ड्राइङ क्षमता रहेको कम्पनीले जनाएको छ। यसमा इनभर्टर क्वाट्रो मोटर र वाटर क्युब ड्रमजस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ। 

१४०० आरपीएमको उच्च स्पिन स्पिड र १४ वटा विभिन्न प्रोग्रामहरूले आवश्यकताअनुसार धुने र सुकाउने प्रक्रिया सजिलो बनाउँछ।

टाइटेनियम रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउँछ। यसको मजबुत निर्माण र ६५ किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। 

साथै, माइडियाले १ वर्षको वारेन्टी र मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ। यसमा बाहिरी स्टिल केसिंग, टप लिड, फिल्टर, र पाइपहरूबाहेकका सबै भागहरू समेटिने कम्पनीले उल्लेख गरेको छ।

वासर ड्रायरले स्मार्ट होम सुविधा पनि प्रदान गर्छ, जसले आफ्नो स्मार्टफोनबाट वासिङ र ड्राइङ प्रक्रिया नियन्त्रण गर्न अनुमति दिन्छ। यसमा क्विक १५ मिनेट वास, अटो ड्राइ, एयर फ्रेस र मौसम-केन्द्रित सुविधाहरू छन्। जसले लुगा छिटो, ताजा र मौसमअनुसार सुकाउन मद्दत गर्छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर  डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब,  कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएको कम्पनीको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .