ad ad

बागमती


काभ्रेको नमोबुद्धमा १० महिनादेखि बेपत्ता व्यक्तिको कंकाल भेटियो

काभ्रेको नमोबुद्धमा १० महिनादेखि बेपत्ता व्यक्तिको कंकाल भेटियो

नेपालखबर
असार २७, २०८१ बिहिबार १४:१५, काठमाडौँ

काभ्रेको नमोबुद्धमा १० महिनादेखि बेपत्ता व्यक्तिको कंकाल फेला परेको छ।  

काभ्रे प्रहरीका अनुसार यही असार २६ गते काभ्रेको नमोबुद्ध नगरपालिका–५, बोहरेली जंगलको  ढुंगाको ओडारमा फेला परेको मानव कंकाल २०८० भदौदेखि सम्पर्कविहीन नमोबुद्ध नगरपालिकाकै वडा नम्बरर ४ श्रीराम निवासी ५० वर्षीय खडगबहादुर श्रेष्ठ भएको पुष्टि भएको हो।

बुधबार अपराह्न ४ बजे च्याउ खोज्न जाने क्रममा स्थानीयले बोहरेली जंगलमा मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै गएको प्रहरीको टोलीले सो कंकाल प्रहरीले धुलिखेल अस्पतालमा ल्याएको थियो। उक्त कंकाल १० महिनाअघि हराएका आफ्ना दाजु खडगबहादुरको भएको भनी उनका भाइले बिहीबार सनाखत गरेको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .