एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सञ्चालनमा ल्याएको छ।
बैंकले अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रुत तथा कर्मचारीलाई सुविधा पुर्याउन थप एक एटीएम सञ्चालनमा ल्याएको जनाएको छ।
यसअघि नै विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एउटा तथा अन्तर्राष्ट्रिय आगमन कक्षमा दुईवटा एटीएम बैंकले सञ्चालनमा ल्याइसकेको छ।
बैंकका देशभर २०१ शाखा, १८८ एटीएम, ११ एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन्।
120
Shares
प्रतिक्रिया