ad ad

कारोबार


एनआईसी एसिया बैंकले पायो यो वर्षको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

एनआईसी एसिया बैंकले पायो यो वर्षको ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स’

नेपालखबर
जेठ २१, २०८१ सोमबार १४:८, काठमाडौँ

एनआईसी एसिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ पाउन सफल भएको छ। 

अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनेकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट बैंक सम्मानित भएको हो।    

नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रियस्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरेबापत यस बैंकले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ। 

‘आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ’, बैंकले भनेको छ, ‘जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।’ 

बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिष्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरुमाझ पु¥याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .