नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभर ३०० जनालाई रोजगारी दिने भएको छ।
कम्पनीले विभिन्न पदमा दरखास्त दिन इच्छुक आवेदकलाई आग्रह गरेको हो।
कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु जस्तैः सियुजी सिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउदै आइरहेको जनाएको छ।
आह्वान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री
इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिहरुसाथै, प्राविधिक विभाग,
योग्यता पुगेका तथा इच्छुक उम्मेदवारहरुले उल्लिखित पदहरुका लागि आवेदन दिन सक्नेछन्।
प्रदेश नं. १ (कोशी)
विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान, चतरा, केरावारी, लेटाब, विराटचोक, बिर्तामोड र दमक
प्रदेश नं. २ (मधेश)
वीरगन्ज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान
प्रदेश नं. ३ (बागमती)
नयाँ बानेश्वर, गैरीधारा, बालाजु,गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौडा (हटिया, पदमपोखरी, वस्तीपुर)
प्रदेश नं. ४ (गण्डकी)
पोखरा, लेखनाथ
प्रदेश नं. ५ (लुम्बिनी)
बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुर
‘योग्यता पुगेका तथा कम्पनीसँग सहकार्य गर्न इच्छुक उम्मेदवारहरु जो भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीको अभियानमा योगदान दिन उत्सुक छन्, लाई '[email protected]' मा आफ्नो व्यत्तिगत विवरण पेश गर्नुहुन आह्वान गरिन्छ’, कम्पनीले भनेको छ, ‘क्लासिक टेक र यसका विज्ञापनबारे थप जानकारीको लागि, कृपया 'www.classic.com.np/career' बाट जानकारी प्राप्त गर्न सकिनेछ।’
Shares
प्रतिक्रिया