लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर (प्राप्ति) गरेको छ ।
ग्यापुले अहिले नेपालभरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामग्री देशैभरि डेलिभर गरिरहेको छ ।
‘बर्न इन लकडाउन रेज इन लकडाउन’ नारा रहेको ग्यापु मार्केटप्लेसले अहिले दैनिक सात सयभन्दा बढी अर्डरहरु नेपालभर पु¥याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सीईओको रुपमा नियुक्त गरेको छ ।
सय दिनमै ग्यापुको रफ्तार : अनलाइन सपिङमा तरंग ल्याउने लक्ष्य
हाल ग्यापुमा हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् ।
स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत तीन हजार पाँच सयभन्दा बढी भेन्डर्स र दुई लाख १५ हजार बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।
Shares
प्रतिक्रिया