विश्वका धनीहरूको सूची प्रकाशन गर्ने फोर्ब्स म्यागेजिनले २०२६ को टप–५० धनाढ्य कन्टेन्ट क्रिएटरहरूको सूची प्रकाशित गरेको छ। युट्युबका लागि भिडिओ प्रोडक्सन गर्नेहरूको अनुसन्धान गरी उनीहरूको कमाइ र सम्पत्ति फोर्ब्सले प्रकाशन गरेको हो।
यो वर्ष ५० जना कन्टेन्ट क्रिएटरको कूल कमाइ एक अर्ब अमेरिकी डलर पार गरेको छ। १.०२ अर्ब डलर अर्थात् करिब १ खर्ब ५६ अर्ब ८८ करोड नेपाली रुपैयाँ पुगेको हो। यो भनेको अघिल्लो वर्षको भन्दा २० प्रतिशत बढी हो।
कन्टेन्ट क्रिएटर धनाढ्यको सूचीमा पहिलो नम्बरमा ‘मिस्टरविष्ट’ अर्थात् जिमी डोनालड्सन छन्। उनी वि.सं. २०८० मा नेपाल आएका थिए।
मिष्टरबिट्स पाँच वर्षदेखि लगातार धेरै सम्पत्ति आर्जन गर्ने कन्टेन्ट क्रिएटरको सूचीमा पहिलो नम्बरमा छन्। फोर्ब्सका अनुसार उनको कमाइ ३० करोड अमेरिकी डलर छ अर्थात करिब ४५ अर्ब ८८ करोड २० लाख नेपाली रुपैयाँ छ।
उनको कमाइको स्रोत युट्युबको विज्ञापन र कार्यक्रमको प्रायोजक हुन्। यो बाहेक पछिल्लो समय उनले आर्जनका क्षेत्र फैलाउँदै लगेका छन्। अमेजन प्राइममा ‘बिष्ट गेम’को व्यवसाय गरिरहेका उनले यो वर्ष ‘स्टेप’ एप पनि खरिद गरेका छन्। किशोरकिशोरीलाई लगानी र सम्पत्ति व्यवस्थापन सिकाउने यो एप किनेर उनी अब पर्सनल फाइनान्सिको क्षेत्रमा प्रवेश गरेका हुन्।
वि.सं. २०८० मा उनी नेपाल आएर सिन्धुली पुगेका थिए। सिन्धुली, चनौटेको स्वास्थ्य चौकीलाई मिष्टरबिष्टले आर्थिक सहयोग गरेका थिए। त्यहाँ उनले आफ्नो टिम ल्याएर सोलार प्यानल खदिर गरी सेट गरिदिए। त्यतिबेला उनलाई डेरे र नेपाली युवा सञ्जयले सहयोग गरेका थिए।
विद्युत् अभाव हुँदा उपचारमा कठिनाइ झेलिरहेको स्वास्थ्य चौकीमा उनले सोलार प्यानल जडान गरिदिएका थिए। अत्याधुनिक मेडिकल सामाग्रीहरू दान गरेका थिए। हेलिकोप्टबरबाट सगरमाथा क्षेत्र पनि पुगेका थिए।
कमेडी, स्केच कमेडीको काम गर्नेदेखि नासाका पूर्व इन्जिनियर कन्टेन्ट क्रिएटर समेत फोर्ब्स सूचीको टप १० भित्र परेका छन्।
पत्रकारिता छोडेर कन्टेन्ट क्रिएटर बनेकी कोडीको कमाइ ४ अर्ब ७४ करोड
धेरै कमाइ हुने फोर्ब्स कन्टेन्ट क्रिएटर सूचीमा एक जना चर्चित पूर्व पत्रकार पनि परेकी छिन्। कोडी सान्चेजले एरिजोना स्टेट युनिभर्सिटीबाट स्नातक गरेपछि पत्रकारिता सुरु गरिन्। छापा माध्यमबाट करिअर सुरु गरेकी उनी अनुसन्धानमूलक रिपोर्टिङकाका लागि प्रख्यात भइन्।
द एरिजोना रिपब्लिक दैनिकमा उनले गरेको मानव तस्करीसम्बन्धी एउटा रिपोर्टका लागि सन् २००८ को रोबर्ट एफ केनडी पुरस्कार नै जितिन्। पत्रिकामा उनको पद ‘इन डेफ्थ इन्भेस्टिगेटिभ रिपोर्टर’ थियो। कहिले अहिले पनि कहिले कहीँ विश्लेषणात्मक लेख लेख्ने उनको एउटा पुस्तक पनि प्रकाशित छ, जुन न्यूयोर्क टाइम्स बेस्टसेलर बनेको थियो।
युट्युबमा कोडी सान्चेजले लगानी, व्यवसायबारे टिप्स दिन्छिन्। न्यूजलेटर र वित्तीय शिक्षाका कोर्स र परामर्शसम्बन्धी कन्टेन्ट बनाउँछिन्। १ करोड फलोअर्स भएको कमाइ ३ करोड १० लाख डलर अर्थात् ४ अर्ब ७४ करोड ११ लाख नेपाली रुपैयाँ छ।
फोर्ब्सले सार्वजनिक गरेको सूचीमा एक जना साहित्य पृष्ठभूमिका व्यक्तित्व पनि परेका छन्। भारतीय मूलका कथाकार स्टिभन बार्टलेट धेरै कमाइ गर्नेमध्ये शीर्ष दशमै हुन्। प्रेरणादायी छोटा फिल्म बनाउने उनको कमाइ ६ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब १० अर्ब रुपैयाँ छ।
फोर्ब्सको सूचीमा पर्नेहरू अधिकांश अमेरिका आधारित कन्टेन्ट क्रिएटरहरू हुन्। उनीहरूले आफ्ना विधामा प्राविधिक रुपमा गुणस्तरीय कन्टेन्ट उत्पादन गर्छन्।
कमाइको केही हिस्सा मानव कल्याणका लागि पनि खर्च गरेको देखिन्छ। मिष्टरबिष्ट त्यस्तै कार्यक्रमका लागि नेपाल आएका थिए। मानव कल्याणको काम गर्न उनले बिष्ट फिलान्थ्रोपी संस्था नै बनाएका छन्। त्यही च्यानलमा मात्र उनका ३ करोड फलोअर छन्। नेपाल आउँदा उनी निकै गोप्य रुपमा आएका थिए। त्यसलाई ‘सेक्रेट मिसन’ नाम दिएका थिए।
Shares

प्रतिक्रिया