एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालि (एलजी) ले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा चितवनको भरतपुरमा नयाँ घरेलु उपकरण शृंखला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ।
भरतपुरस्थित विवान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।
हरेक घरको खुसी, घर-घरमा एलजी अभियानअन्तर्गत सार्वजनिक गरिएको एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ।
नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास छ।
नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।
नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू एलजी एसेन्सियल सिरिज डबल डोर रेफ्रिजरेटर, पूर्ण स्वचालित टप लोड वासिङ मेसिन, रुम एयर कन्डिसनर रहेका छन्।
एलजी एसेन्सियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु भएको कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ।
उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इकमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।
Shares

प्रतिक्रिया