NepalKhabar NepalKhabar

कारोबार


अडिटर्स एसोसिएसन १८औँ वर्षमा

अडिटर्स एसोसिएसन १८औँ वर्षमा

नेपालखबर
साउन २४ , काठमाडौँ

नेपाल अडिटर्स एसोसिएसन (अडान) १८औँ वर्षमा प्रवेश गरेको छ । साथै अडानले आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ।

अडान दिवसका अवसरमा आयोजित समारोहमा महालेखापरीक्षक टंकमणि शर्माले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैँलाई स्वनियमन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएसका लागि एसएमईसको सीमामा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताए । साथै कार्यक्रममा अडानका संस्थापक अध्यक्ष कमल खरेललाई सम्मान गरिएको थियो । त्यस्तै काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमालाको विमोचन गरिएको थियो ।

यस्तै अडान दिवसकै अडानको उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए । दिवसकै अवसरमा नेपाल लेखमान (एनएफआरएस एसएमईस, एमई र एनपीओएस), मौद्रिक नीति २०७९,  कर तथा कर विवरणमा भएका परिवर्तनका सत्रहरू सञ्चालन गरिएको थियो । नेपाल लेखामान (एनएफआरएस  एसएमई, एमई र एनपीओएस) सत्रमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट  प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

साउन २४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.