ad ad

कारोबार


प्रभु लाइफ इन्स्योरेन्सको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

नेपालखबर
साउन २४, २०७९ मंगलबार १३:३, काठमाडौँ

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ। 

कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको हो। 

बिजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाईंले गरेका थिए भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका थिए। 

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यावसायिक रणनीति तथा अवलम्बन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। 

उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

पहिलो चरण, बिजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्यज्यू र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले उत्कृष्ट व्यवसाय गर्ने सीईओ क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। 

कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले र सीईओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान तथा विभिन्न पुरस्कारहरु प्रदान गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाइफका सञ्चालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्नेछ भनी शुभकामना व्यक्त गरे। त्यस्तै सम्बोधनकै क्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सबैको अथक मिहिनेत एवं प्रयासले गत आर्थिक वर्ष २०७८÷७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे। 

उनले दृढ संकल्प र मिहिनेतले नै यो उचाइमा पुग्न सफल भएका हौँ भने आगामी दिनमा यो उचाइको वृद्धिदरलाई कायम राख्ने दृढ विश्वास समेत व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .