ad ad

कारोबार


कास्की, जुम्ला, कैलाली र भोजपुरमा मेटलाइफको बीमा सचेतना कार्यक्रम

कास्की, जुम्ला, कैलाली र भोजपुरमा मेटलाइफको बीमा सचेतना कार्यक्रम

नेपालखबर
साउन २२, २०७९ आइतबार ११:४५, काठमाडौँ

मेटलाइफले गत हप्ता ६ ग्रामीण जिल्लाहरुमा जीवन बीमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ। 

नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा मेटलाइफले बीमा सचेतना कार्यक्रम गरेको हो। 

कार्यक्रममा ६०० जना सहभागी भएको र विभिन्न बीमालेखका फाइदाहरुबारे जान्ने मौका पाएको कम्पनीले जनाएको छ। 

यस विशेष बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ। 

कम्पनीले भनेको छ, ‘जीवन बीमा उनीहरूका आपत्कालीन समयको लागि एक्दम महत्त्वपूर्ण छ किनभने यसले कुनै पनि अप्रत्याशित परिस्थितिहरू जस्तै प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्दछ।’ 

जीवन बीमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटनापछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .