नगद लाभांशसम्बन्धी ३० प्रतिशत मात्र लाभांश वितरण गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले हटाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिदिएको हो।
तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था समेत हटेको छ।
खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउनेछैनन् भन्ने व्यवस्था यस अघि रहेकोमा त्यसलाई समेत राष्ट्र बैंकले खारेज गरेको हो।
114
Shares
प्रतिक्रिया