कारोबार


विदेशी लगानी सहजीकरण गर्न बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति

विदेशी लगानी सहजीकरण गर्न बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति

नेपालखबर
माघ १६, २०८२ शुक्रबार ११:४८, काठमाडौँ

नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई थप सहजीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति (फोकल पर्सन) नियुक्त गरेको छ।

लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक कूटनीति सम्पर्क व्यक्तिले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिसँग समन्वय गर्दै नेपालमा लगानी भित्र्याउने कार्यमा सहजीकरण गर्नेछन्।

साथै, नेपालमा लगानीसम्बन्धी विषयमा अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने, सूचना आदानप्रदान गर्ने तथा लगानी प्रक्रियामा देखिएका समस्याको समाधानमा भूमिका निर्वाह गर्नेछन्।

केही समयअघि लगानी बोर्डको सहकार्यमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रतिनिधिले लगानीसम्बन्धी विषयमा सम्पर्क व्यक्तिको व्यवस्था भए लगानीको प्रवद्र्धन र सहजीकरणमा थप प्रभावकारी भूमिका खेल्न सकिने धारणा व्यक्त गरेका थिए।

लगानी बोर्डले आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकिएको जानकारी परराष्ट्र मन्त्रालयलाई गराइसकेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad