दिनमा १० लाख बढीको सुन चाँदी खरिद गरेमा सरकारले निगरानी गर्ने भएको छ।
कुनै ग्राहकले एकै पटक वा पटक–पटक गरी एक दिनमा १० लाख बढीको कारोबार गरेमा बिक्रेताले १५ दिनभित्र जानकारी गराउनुपर्ने भएको हो।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न बिक्रेतालाई निर्देशन जारी गरेको छ।
विभागले २०७७ मा निर्देशन गरे पनि कार्यान्वयन हुनसकेको थिएन। आन्तरिक राजस्व विभागको निर्णयअनुसार जेठ १७ गतेबाट लागू गरेको छ।
परिमार्जन गरिएको निर्देशनमा सूचक संस्था भन्नाले बहुमुल्य धातु वा वस्तुको आयातकर्ता, वितरण, थोक विक्रेता वा खुद्रा विक्रेताको रुपमा कारोबार गर्ने व्यवसायी पर्छन्।
303
Shares

प्रतिक्रिया