नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अधिकारीको रिट आइतबार नै दर्ता भएको नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार रिटको पेसी मंगलबार अर्थात् भोलिलाई तोकिएको छ।
यता अधिकारी सर्वोच्च गएकै दिनदेखि उनीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समितिले काम थालेको छ।
सरकारले गभर्नर अधिकारीले गोप्य सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्न गत चैत २४ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २३ को उपदफा १ बमोजिम पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो।
समिति गठनसँगै उनी निलम्बनमा परेका थिए। समितिले उनलाई बर्खास्त गर्ने नगर्नेबारे १ महिनामा निर्णय दिनेछ।
यता गभर्नर अधिकारीले भने आफ्नो निलम्बन फुकुवा गर्नुपर्ने रिटमा माग गरेका छन्।
Shares

प्रतिक्रिया