कारोबार


अब बैंक पनि शनिबार र आइतबार नखुल्ने, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

अब बैंक पनि शनिबार र आइतबार नखुल्ने, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

नेपालखबर
चैत २३, २०८२ सोमबार १२:४२, काठमाडौँ

सरकारले इन्धन संकट चुलिएको भन्दै शनिबार र आइतबार पनि विदा दिने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा पनि सोही व्यवस्था लागू हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आजैदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा हुने बताएको हो। 

बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडले अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्नुपर्नेछ। 

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान ९ देखि अपराह्न ४ बजेसम्म कायम गरे हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad