कामना सेवा विकास बैंकले अंकित मूल्यमै संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकले बुधबार ४० हजार कित्ता सेयर एक सय रुपैयाँका दरले बिक्रीमा राखेको हो।
बैंकले उक्त सेयर संस्थापक सेयरधनीमा मात्र नभएर व्यक्ति वा अन्य संस्थाहरुले पनि खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको छ।
यद्यपि खरिदकर्तामध्ये एकले मात्रै उक्त सेयर पाउनेछन्।
बैंकले खरिद आवेदनका लागि बोलपत्र पेस गर्दा न्यूनतम ४० हजार कित्ताको लागि आवेदन दिनुपर्ने उल्लेख गरेको हो।
इच्छुक खरिदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
135
Shares

प्रतिक्रिया