कारोबार


घट्यो निक्षेपको ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?

घट्यो निक्षेपको ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?

नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १२:२१, काठमाडौँ

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले सामान्य बचतमा ३ प्रतिशतमा सीमित छ भने मुद्दती खातामा ६ प्रतिशत हाराहारीमा तोकेका छन्।

बैंकहरुले मंसिर महिनाबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा कात्तिकको तुलनामा अधिकांशको घटेको छ। पछिल्लो समय निक्षेपको ब्याजदर घटेर बैंकमा पैसा थुप्रिए पनि कर्जा प्रवाह भने सुस्त छ।

बैंकहरुको बेसरेट समेत घटेको छ। यसले लगानीकर्ताले लिने ऋणको ब्याज समेत घट्दै गइरहेको छ। पछिल्लो समय लगानी नबढ्दा बैंकमा रकम थुप्रिँदै गएको र सर्वसाधारण वा संस्थागत बचतको  ब्याजदर घट्दै गएको छ। 

कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?
नेपाल बैंकले मुद्दती निक्षेपमा ५.९५ प्रतिशत र सामान्य बचतमा ३ प्रतिशत मात्रै ब्याज दिएको छ। 

नबिल बैंकको बचत खाताको ३ प्रतिशत र मुद्दती खाताको लागि अधिकतम ५.७५ प्रतिशत छ। बैंकको बेसरेट ७.०२ प्रतिशत छ। 

कृषि विकास बैंकको साधारण बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५.५३ प्रतिशत छ। 

लक्ष्मी सनराइज बैंकले बचत खातामा ३ प्रतिशत ब्याज दिँदा ५ वर्ष बढीको मुद्दती खतामा ५.७५ प्रतिशत दिएको छ। 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सामान्य बचतमा ३ प्रतिशत र २ वर्षमाथिको बचतमा ६.५ प्रतिशत ब्याज दिने भएको छ। 

यता सिद्धार्थ बैंकले सामान्य बचत खातामा ३ प्रतिशत, २ वर्षमाथिको मुद्दतीमा ६ प्रतिशत ब्याजदर तोकेको छ। 

एनएमबी बैंकले बचत खातामा ३ प्रतिशत  र ५ वर्षमाथिको मुद्दतीमा ५.५७ प्रतिशत ब्याज दिनेछ। 

सानिमा बैंकको बचत खाताको ब्याजदर ३.०४ प्रतिशत छ भने ३ वर्षमाथिको मुद्दती खाताको ६.१५ प्रतिशत ब्याजदर छ। 

प्राइम बैंकले बचत खातामा ३ प्रतिशत तोक्दा १ वर्षमाथिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ।

राष्ट्रिय वाणिज्य बैंकको सामान्य बचत खातामा ३ प्रतिशत ब्याज दिएको छ। बैंकले ३ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिएको छ। 

त्यसैगरी नेपाल एसबीआई बैंकको सरल बचत खातामा ३.०२ प्रतिशत छ भने ३ वर्ष माथिको मुद्दती खातामा ६ प्रतिशत ब्याज मिल्नेछ।  

एभरेस्ट बैंकले ३ महिनादेखि २ वर्षसम्म ४ प्रतिशत र ५ वर्ष बढीको मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा हिमालयन बैंकले ३.०५ प्रतिशत बचत खाताको ब्याजदर तोकेको छ। बैंकले मुद्दतीमा ६.२५ प्रतिशत ब्याज दिनेछ। 

ग्लोबल आईएमई बैंकमा सामान्य बचत गर्नेले ३ प्रतिशत पाउँदा २ वर्ष बढीको मुद्दती निक्षेप गर्नेले ५.७५ प्रतिशत ब्याज पाउनेछन्। 

कुमारी बैंकले २ वर्ष बढीको बचतमा ५.७१ प्रतिशत ब्याज दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले सामान्य बचत खातामा ३ प्रतिशत दिएको छ। बै‌ंकले ५ वर्ष बढीको बचत खातामा ६.२५ प्रतिशत ब्याज दिएको छ। 

एनआईसी एसिया बैंकमा ५ वर्ष माथिको मुद्दती खातामा पैसा जम्मा गर्दा ६.७९ प्रतिशत ब्याज आम्दानी गर्न सकिनेछ। यता प्रभु बैंकको बचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ५ प्रतिशत ब्याज तोकिएको छ। 

त्यसैगरी माछापुच्छ्रे बैंकले मुद्दती खातामा ६ प्रतिशत ब्याज दिँदा सिटिजन बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेले अधिकतम ५.६५ प्रतिशत ब्याज पाउने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad