आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीको गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित भएको हो।
१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने र स्वीकृतिपछि लघुवित्तको ११औँ साधारणसभामा पारित गर्ने गरी निर्णय गरेको हो।
लघुवित्तको हाल कायम चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ छ। यहीबाट लाभांश वितरणको प्रस्ताव गरिएको छ।
27
Shares

प्रतिक्रिया