कला


‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी, ‘छक्का पञ्जा ५’ को भन्दा धेरै शो

‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी, ‘छक्का पञ्जा ५’ को भन्दा धेरै शो

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ११:२०, काठमाडौँ

विराज भट्टको फिल्मले ‘१२ गाउँ’ पहिलोसाता आक्रामक व्यापार गरेको छ। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको हो।

फिल्मका वितरक गोविन्द्र शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको जानकारी दिए। 

‘फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ। हिजो पनि नेपालभरि हाउसफुल थिए। आज नी बिहानैदेखिकै शोहरुमा शतप्रतिशत अकुपेन्ची छ,’उनले भने। 

सुदूरपश्चिम प्रदेशसहित सबैतिर भरपुर साथ रहेको वितरक शाहीले बताए। जसकै ‘छक्का पञ्जा ५’ भन्दा बढी शो पाइरहेको समेत उनको भनाइ छ। 

हिट फ्रेन्चाइज भएकाले सुरुवातीमा ‘छक्का पञ्जा ५’ ले बढी शो पाएको थियो। यस फिल्मले २२१ शो पाउँदा ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका थिए। जसले ‘छक्का पञ्जा ५’ इनिसियल व्यापार बढी भयो। 

तर, दसैँ बिदा सकिएसँगै ‘छक्का पञ्जा ५’ लाई शोमा ‘१२ गाउँ’ ले उछिनेको छ। मल्टिप्लेक्ससहित सिगंल थिएटरमा ‘छक्का पञ्जा ५’ को भन्दा ‘१२ गाउँ’ बढी शो देखिन्छ। 

बुधबारदेखि देशभरका हलमा बढी शो देखिन्छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएक्सले पनि ‘१२ गाउँ’ लाई बढी शो उपलब्ध गराएको छ। अकुपेन्सी बढेकै कारण हलहरुले शो थपेको बुझ्न सकिन्छ। 

‘छक्का पञ्जा ५’ निर्माण टिमले भने छ दिनसम्म फिल्मले १० करोड बढी कमाएको जानकारी दिएको थियो। बिस्तारै पिकअप लिइरहेको जितु नेपालको मुख्य भूमिका रहेको ‘ज्वाइँ साब’ को बक्सअफिस रिपोर्ट सार्वजनिक गरिएको छैन। 

विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु) लगायतको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad