ad ad

कारोबार


वाणिज्य बैंकको कर्जा नोक्सानी दोब्बर, माघसम्म गरे ३४ अर्ब ८३ करोड प्रोभिजन

कुन वाणिज्य बैंकको प्रोभिजन कति?
वाणिज्य बैंकको कर्जा नोक्सानी दोब्बर, माघसम्म गरे ३४ अर्ब ८३ करोड प्रोभिजन

केशर बोगटी
चैत ५, २०७९ आइतबार १३:५८, काठमाडौँ

बैक तथा वित्तीय संस्थाले चालु अर्थिक २०७९/०८० को माघ मसान्तसम्म ३४ अर्ब ८३ करोड रुपैयाँ कर्जा नोक्सानी (प्रोभिजन) गरेका छन्।

माघ मसान्तसम्म (क) वर्गका वाणिज्य बैंक, (ख) वर्गका विकास बैंक र (ग) वर्गका विकासले बैंकले ४८ खर्ब ५९ अर्ब रुपैयाँ वापत ३४ अर्ब ८३ रुपैयाँ नोक्सानी प्रोभिजन गरेका हुन्। 

गत वर्ष यसै अवधिमा बैंक तथा वित्तीय संस्थाले ४६ खर्ब ९० अर्ब रुपैयाँ कर्जा वापत १५ अर्ब ६३ करोड  रुपैयाँ प्रोभिजन गरेका थिए। गत वर्षको तुलनामा चालु आवको ७ महिनामा प्रोभिजन १९ अर्ब २ करोड रुपैयाँ धेरै हो।  

चालू आवको ७ महिनामा (क) वर्गका वाणिज्य बैंकको कर्जा नोक्सानी वापत दर २.४९ प्रतिशत पुगेको छ। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकको कर्जा नोक्सनी दर १.१८ प्रतिशत थियो। गत वर्षको तुलनामा प्रोभिजन दोब्बर पुगेको छ। 

गत वर्षको ७ महिनामा विकास बैंकको कर्जा नोक्सानी दर १.४२ प्रतिशत रहेकोमा यो वर्ष बढेर २.८२ प्रतिशत पुगेको छ। 

फाइनान्स कम्पनीको कर्जा नोक्सानी ७.८२ प्रतिशत र लघुवित्तको कर्जा नोक्सानी दर २.६३ प्रतिशत पुगेको छ। 

गत वर्षको ७ महिनामा फाइनान्स कम्पनीको कर्जा नोक्सानी दर ७.५ प्रतिशत र लघुवित्तको १.३१ प्रतिशत थियो। 

वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीको कर्जा नोक्सानी दर बढेर दोब्बर नै पुगेको छ। फाइनान्स कम्पनीको कर्जा नोक्सानी समेत बढेको छ। 

माघसम्म वाणिज्य बैंकहरुले मात्रै २९ अर्ब ५२ करोड रुपैयाँ नोक्सानी छुट्याएका छन्। गत वर्ष यसै अवधिमा वाणिज्य बैंकले १२ अबै रुपैयाँ ७८ करोड प्रोभिजन छुट्याएका थिए। 

विकास बैंकले माघसम्ममा ४ अर्ब ३८ करोड रुपैयाँ र फाइनान्स कम्पनीले ९३ करोड २ लाख रुपैयाँ प्राभिजन गरेका छन्। 

गत वर्ष यसै अवधिमा विकास बैंकले २ अर्ब ३६ करोड र फाइनान्स कम्पनीले ४८ करोड ८ लाख रुपैयाँ रुपैयाँ प्रोभिजन छुट्याएका छन्। 
फाइनान्स कम्पनीको औषत प्रोभिजन दर बढेपनि रुपैयाँ भने घटेको छ। 

बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्था अनुसार असल कर्जामा १.१३ प्रतिशत, सुक्ष्म निगरानी ५ प्रतिशत, कमसल कर्जा नोक्सानी वापत २५ प्रतिशत, शंकास्पद कर्जा वापत ५० प्रतिशत र खराब कर्जा नोक्सानी वापत १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ। 

नेपाल राष्ट्र बैंकले सक्रिय कर्जामा असल र सुक्ष्म निगरानीका कर्जा राखेको छ। त्यसैगरी सूक्ष्म निगरानीमा १ महिनादेखि ३ महिनासम्म भाखा नाघेका कर्जा, ३ महिनादेखि ६ महिनासम्म भाका नाघेका कमसल कर्जा, ६ महिनादेखि १ वर्ष भाका नाघेका शंकास्पद, १ वर्ष भन्दा बढी अवधिको भाखा नाघेको कर्जा खराब कर्जाको  रुपमा वर्गीकरण गरेको छ। 

पछिल्लो समय व्यापार व्यवसाय राम्रोसँग संचालन हुन नसकेपछि खराब कर्जा बढ्दै गइरहेको छ। बैंकर्सहरुले समेत खराब कर्जा थप बढ्ने आँकलन गरिरहेका छन्। चालु आवको पुससम्ममा वाणिज्य बैंकको खराब कर्जा दोब्बर भएको छ। 

कुन वाणिज्य बैंकको प्रोभिजन कति? 
चालु आवको सात महिनामा कुमारी बैंकले सबैभन्दा धेरै प्रोभिजन छुट्याएको छ। दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा हिमालयन बैंक, 
नेपाल बैंकले ७६ करोड रुपैयाँ कर्जा नोक्सानी छुट्याएको छ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६९ करोड, नबिल बैंकले ३ अर्ब ५७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४४ करोड, नेपाल स्टान्डर्ड चाटर्ड बैंकले २५ करोड ७ लाख र हिमालयन बैंक (सिभिल बैंक मर्ज)पछि १ अर्ब ९८ करोड रुपैयाँ प्रोभिजन गरेका छन्। 

साथै, नेपाल एसबिआई बैंकले ४९ करोड, एभरेष्ट बैंकले ३६ करोड ६ लाख, एनआईसी एशिया बैंकले (४७ करोड ९ लाख), माछापुच्छ्रे बैंकले ४१ करोड, कुमारी बैंकले ६ अर्ब ५३ करोड, लक्ष्मी बैंकले ८१ करोड ४ लाख, सिद्धार्थ बैंकले १ अर्ब ९ करोड, कृषि विकास बैंकले ३ अर्ब १ करोड, ग्लोबल आइएमईले १ अर्ब १२ करोड, सिटिजन बैंकले ८६ करोड, प्राइम कमर्सियल बैंकले ५९ करोड, सनराइज बैंकले ३ अर्ब ९४ करोड, एनएमबि बैंकले १ अर्ब ५९ करोड, प्रभु बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७२ करोड रुपैयाँ प्रोभिजन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .