गत आर्थिक वर्षको अन्तिमसम्म अर्थात् असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
त्यसमा वाणिज्य बैंकहरुको हिस्सा ४५ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तीय कम्पनीहरुले ६ अर्ब १३ रुपैयाँ संकलन गरेका हुन्।
त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुको ऋण प्रवाह भने ४७ खर्ब देखिएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा प्रवाह ४१ खर्ब ६८ अर्ब रुपैयाँ गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाको कर्जा र निक्षेपको अनुपात ८६ दशमलव २२ प्रतिशत छ। राष्ट्र बैंकले अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने बताएको निर्देशनबमोजिम नै रहेको देखिएको हो।
Shares
प्रतिक्रिया