ad ad

कारोबार


कान्तिपुर कलेजका विद्यार्थीद्वारा ‘फुड एण्ड आर्ट’ फेस्टिबल आयोजना

कान्तिपुर कलेजका विद्यार्थीद्वारा ‘फुड एण्ड आर्ट’ फेस्टिबल आयोजना

नेपालखबर
भदौ १०, २०८० आइतबार ११:५३, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजका विद्यार्थीहरुले ‘फुड एण्ड आर्ट’ महोत्सब आयोजना गरेका छन्। 

ललितपुरको महालक्ष्मी नगरपालिका लुभुस्थित जिनियस आईबी वल्र्ड स्कुलमा महोत्सवको आयोजना गरिएको हो। 

महोत्सवको उद्घाटन एमाले नेता एवं पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले संयुक्त रुपमा गरेका छन्। 

कार्यक्रममा नेपाली र विदेशी गरी खानाका १६ परिकार र विभिन्न डिजाइनका मोडलहरु प्रदर्शनी गरिएको थियो। 

महोत्सवमा कलेजका ब्याचलर अफ होटल म्यानेजमेन्ट, ब्याचलर अफ हस्पिट्यालिटी एण्ड क्याटरिङ म्यानेजमेन्ट, ब्याचलर अफ बिजनेश एड्मिनीस्टे«शन, ब्याचर लफ इन्टेरियर डिजाइन र मास्टर्स अफ बिजनेश एड्मिनीस्टे«शनका ६ सयसहित होटल व्यवस्थापन अध्ययनरत विभिन्न कलेजका गरी १ हजार विद्यार्थी सहभागी थिए। 

अध्ययनका क्रममा आफूहरुले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरु प्रदर्शनीमा राखिएको उक्त कलेजमा अध्ययनरत विद्यार्थी पविना श्रेष्ठले बताइन्। 

श्रेष्ठका अनुसार खानाका चारवटा स्टल र डिजाइनिङको दुईवटा स्टल राखिएको थियो। श्रेष्ठले भविष्यमा आफैंले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि महोत्सवबाट व्यवहारिक ज्ञान आर्जन भएको बताइन्। 

२३ वर्षअघि सन् २००० मा स्थापित कान्तिपुर निजी क्षेत्रले सञ्चालन गरेको होटल व्यवस्थापनसम्बन्धी नेपालकै पहिलो कलेज हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .