कारोबार


पोखरामा बजाज चेतक ईभीको विस्तार

पोखरामा बजाज चेतक ईभीको विस्तार

नेपालखबर
जेठ ६, २०८३ बुधबार १७:३५, पोखरा

नेपालमा विद्युतीय सवारी साधनप्रातको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ। 

वैशाख ३१ गते आयोिजत उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पु¥याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातानाधहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो। उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ।

शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्लेमार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टफिचरसम्बन्धी परामर्श पनि प्राप्त गन सक्नेछन्।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिविम्बित गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएिक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भने, ‘पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अक महत्वपूर्ण कदम चालिरहेका छौँ। चेतक ईभी परम्परा, नवप्रवर्तन र दौनक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो। यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महसुस र्ग सक्ने विश्वास लिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad