विश्वकप फुटबल नजिकिँदै गर्दा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेईले ग्राहकहरूका लागि विशेष ‘सेन्सेईमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ।
नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत सेन्सेई टिभी खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमार्फत नि:शुल्क एसी जित्ने अवसर प्राप्त गर्नेछन्। साथै ग्राहकहरूले २३ हजार ४०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक सुविधा पनि प्राप्त गर्न सक्नेछन्। विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले सेन्सेईले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेन्टी समेत उपलब्ध गराउने छ।
यी टिभीहरूमा उपलब्ध फोरके अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो तथा वेबओएस स्मार्ट प्लेटफर्मजस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन्। उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ।
‘विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। सेन्सेईको अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ’, कम्पनीले भनेको छ।
Shares

प्रतिक्रिया