मंगलबार र बुधबार बढेको सेयरबजारमा बिहीबार १३.४६ अंकको गिरावट आएको छ। योसँगै नेप्से २७६६.७८ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन कारोबार रकममा समेत गिरावट देखिएको छ। १ करोड कित्ता किनबेचपछि कुल ४ अर्ब ७० करोडको मात्र कारोबार भएको हो।
बिहीबार ६४ वटा सेयर बढे पनि १९७ वटा घटेका र ८ वटा स्थिर छन्। यस दिन कालिञ्चोक हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले बढे पनि बाँकी सेयरको बढावट दर अधिकतम ९.१६ प्रतिशतसम्म छ।
त्यस्तै आजको सेयर गिरावट दर ४.६९ प्रतिशत छ। आज अधिकतम ३४ करोडसम्मको कारोबार भएको छ।
12
Shares

प्रतिक्रिया