कारोबार


सीएफमोटो नेपालले ल्यायो नयाँ वर्ष अफर

नगद छुट, प्रिमियम उपहार र देशव्यापी विस्तार योजना घोषणा
सीएफमोटो नेपालले ल्यायो नयाँ वर्ष अफर

नेपालखबर
चैत २२, २०८२ आइतबार १२:३८, काठमाडौँ

नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकमैत्री तथा आकर्षक योजना सार्वजनिक गरेको छ।

उक्त अफर २०८२ चैत २० गतेदेखि २०८३ साल वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ, जसले नयाँ ग्राहकका साथै विद्यमान मोटरसाइकल प्रयोगकर्तालाई लक्षित गरेको छ।

यस योजनाअन्तर्गत सीएफमोटो २५० ड्युअल ईएफआई खरिद गर्ने ग्राहकहरूले नगद तथा फाइनान्स दुवै माध्यमबाट खरिद गर्दा ८ हजार ३०० रुपैयाँसम्मको नगद छुट प्राप्त गर्नेछन्। साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्य लाभ पाउनेछन्।

यसका अतिरिक्त, प्रत्येक ग्राहकलाई प्रिमियम एसएमके फुलफेस डबल भाइजर हेलमेट (एण्टी-फग प्रविधिसहित) उपहार स्वरूप प्रदान गरिनेछ, जसले सुरक्षित तथा सहज राइडिङ अनुभव सुनिश्चित गर्नेछ।

योजनालाई अझ आकर्षक बनाउन लक्की ड्र व्यवस्था पनि समावेश गरिएको छ, जसअन्तर्गत एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्।

सीएफमोटो २५० एनके र ३०० एनके मोडेलका लागि कम्पनीले क्रमशः ४ लाख ४९ हजार ९००/- र ५ लाख ४९ हजार ९०० रुपैयाँको नयाँ एमआरपी (एमआरपी) घोषणा गरेको छ। साथै, ग्राहकहरूले फुल फेस स्टड्स हेल्मेट र सीएफमोटो प्रोटेक्टिभ हुडी पनि प्राप्त गर्नेछन्। यसले कम्पनीले आफ्नो नेकेड सेग्मेन्टमा अप्रत्याशित मूल्यमा प्रिमियम उत्पादन प्रस्तुत गर्ने सोच बनाएको देखाउँछ।

त्यसैगरी, प्रिमियम तथा लोकप्रिय एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जिफाइर ब्लु) खरिद गर्ने ग्राहकहरूका लागि विशेष प्याकेज उपलब्ध गराइएको छ, जसमा एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट समावेश छन्, जसले समग्र स्वामित्व अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीको दाबी छ।

जिहो एई८ ईभी मोडेलको स्कुटरको हकमा विशेष एमआरपी ४ लाख ४९ हजार ९०० रुपैयाँ सम्पूर्ण अफर अवधिभर यथावत् रहनेछ।
बिक्रीसँगै सीएफमोटो नेपालले आफ्नो अफ्टर-सेल्स सेवामा समेत प्रतिबद्धता जनाउँदै सेवा सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ। २०८३ सालदेखि देशभर सेवा पहुँच विस्तार गरिनेछ, जसले काठमाडौं उपत्यका बाहिरका ग्राहकहरूलाई पनि सहज सेवा उपलब्ध गराउनेछ।

साथै, सीएफमोटो ग्लोबलको पहलमा २०२५ जनवरी १ देखि स्पेयर पार्ट्सको मूल्य उल्लेखनीय रूपमा घटाइएको छ, जसले ग्राहकमैत्री वातावरण सिर्जना गर्नुका साथै तेस्रो मुलुकबाटपार्ट्स महंगा हुन्छन् भन्ने धारणा परिवर्तन गर्ने लक्ष्य राखिएको छ।

यसै विस्तार योजनाअन्तर्गत वैशाख २०८३ भित्र चितवन र पोखरामा थ्रिएस (बिक्री, सेवा, स्पेयर पार्ट्स) अवधारणाका शोरुमहरू सञ्चालनमा ल्याइनेछ भने आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत विस्तार गरिनेछ। यस कदमले देशभरका ग्राहकहरूलाई सेवा, स्पेयर पार्ट्स तथा नयाँ मोडेलहरूमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad