कारोबार


सीएफमोटो ४५० सीएल-सी नेपालमा सार्वजनिक

सीएफमोटो ४५० सीएल-सी नेपालमा सार्वजनिक

नेपालखबर
फागुन १७, २०८२ आइतबार १२:४७, काठमाडौँ

मोटरसाइकल ब्रान्ड सीएफमोटोले बहुप्रतीक्षित सीएफमोटो ४५० सीएल-सी “बाइक्स एन्ड कफी २०२६” कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रम सुजुकी ड्राइभिङ सेन्टरमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा राइडर समुदाय, अटोमोबाइल मिडिया, मोटरसाइकल प्रेमी, इन्फ्लुएन्सर तथा ब्रान्ड समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मोडर्न क्लासिक सेगमेन्टमा नयाँ मानक सीएफमोटो ४५०सीएल-सीले नेपालमा बढ्दो प्रिमियम मिड-वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम थपेको छ। क्लासिक डिजाइन र आधुनिक प्रविधिको संयोजनसहित प्रस्तुत गरिएको यस मोटरसाइकलका मुख्य विशेषताहरू ४४९ सीसी समानान्तर ट्विन, लिक्विड-कुल्ड इन्जिन, सन्तुलित तथा स्मूद पावर डेलिभरी, बलियो मिड-रेन्ज टर्क, आरामदायी क्रुजर एर्गोनोमिक्स, प्रिमियम फिनिश र उच्चस्तरीय निर्माण गुणस्तर तथा उन्नत ब्रेकिङ तथा सुरक्षा प्रणाली रहेको दाबी गरिएको छ।

लो-स्लंग स्टान्स, मस्कुलर फ्युल ट्याङ्की र मिनिमलिस्ट डिजाइनले ४५० सीएल-सीलाई स्टाइल र प्रदर्शन दुवैमा विशेष बनाएको छ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा दीर्घकालीन लगानी र विस्तार रणनीतिबारे जानकारी दिएका थिए। यसको आगमनसँगै सीएफमोटोले आफ्नो उत्पादन दायरा अझ फराकिलो बनाउँदै नेपाली बजारमा विश्वस्तरीय विकल्प उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो मोडेल विशेषगरी स्टाइलिस तर शक्तिशाली क्रुजर खोजिरहेका युवा र अनुभवी राइडरहरूलाई लक्षित गरिएको कम्पनीको भनाइ छ।

सीएफमोटो ४५० सीएल-सी हाल देशभरका आधिकारिक सीएफमोटो शोरूमहरूमा बुकिङका लागि उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad