कारोबार


यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा

नेपालको हरेक भू–भागमा गरिएको वास्तविक राइडमा देखियो उत्कृष्ट माइलेज क्षमता
यामाहा नेपालको ‘माइलेज लिग’को आधा यात्रा पूरा

नेपालखबर
माघ १५, २०८२ बिहिबार १४:५१, काठमाडौँ

एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको छ। 

केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाउँदै लगेको छ, जसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुनेछ।

यामाहा रेजेडआर १२५-एफआई हाइब्रिडले एआरएआई-प्रमाणित ७१.३३ किमि प्रतिलिटर माइलेज दिने क्षमता बोके पनि माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको छ। अहिलेसम्म एक सहभागीले ८७.२० किमि प्रतिलिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन् भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन्। 

यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित छैन। यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ। 

तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ-रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रह्यो। विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन्। सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन्।

यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले भने, “माइलेज लिग केवल प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको हाम्रो प्रतिबद्धताको उत्सव पनि हो। हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं। हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो।”

यस लिगको आकर्षणको रूपमा रहेको यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड नेपालकै सबैभन्दा धेरै माइलेज दिने धेरै बिक्री हुने स्कुटर हो र यो आफ्नो सेग्मेन्टमा एकमात्र हाइब्रिड स्कुटर पनि हो। यसमा अत्याधुनिक स्मार्ट मोटर जेनेरेटर (एसएमजी) र अटोमेटिक स्टप एण्ड स्टार्ट प्रणाली प्रयोग गरिएको छ, जसले परम्परागत स्कुटरहरूले दिन नसक्ने शक्ति र माइलेजको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ।

‘विनर अफ विनर्स’ टाइटलको फाइनल प्रतिस्पर्धा असार २०८३ मा आयोजना हुनेछ, जहाँ विभिन्न क्षेत्रका विजेताहरू अन्तिम स्किल टेस्टका लागि एक ठाउँमा आउने कम्पनीको भनाइ छ। देशभर थप माइलेज च्यालेन्जहरू हुने भएकाले नयाँ प्रतिस्पर्धीहरूले भाग लिन सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad